निर्देशक प्रदीप भट्टराईले नेपाली दर्शकलाई दिएको एउटा अब्बल फिल्म हो, ‘जात्रा’ । पहिलो निर्देशन भए पनि उनले दर्शकको नाडी छामेर फिल्म बनाएका थिए । फिल्म सुपरहिट पनि भयो । यसको सिक्वेल ‘जात्रै जात्रा’ले पनि सफलता प्राप्त गर्यो । यतिबेला भट्टराई निर्देशित नयाँ फिल्म ‘महापुरुष’ले बक्सअफिस पिटेको छ । प्रदर्शनको दिनदेखि फिल्मको आक्रामक कमाई जारी छ ।
महाजात्रा’मा अभिनेता विपिन कार्की नछुट्ने निर्देशक भट्टराईको आशय छ । ‘विपिन कार्कीको नाम ‘जात्रा’सँग आँखा चिम्लिँदा पनि आउँछ । त्यसैले उहाँको विकल्प छैन,’ उनले भने । ‘जात्रा’को दुवै श्रृंखलामा विपिन मुख्य भूमिकामा थिए भने दोस्रो श्रृंखलामा दयाहाङ राई थपिएका थिए । त्यस्तै, अभिनेत्री वर्षा राउतले फिल्मको दुवै हिट श्रृंखलामा मुख्य भूमिकामा अभिनय गरेकी थिइन् ।
‘महापुरुष’को सफलताले उत्साहित भट्टराई आफूलाई जानेर गल्ती गर्न छुट नभएको तर्क गर्छन् । ‘मैले अहिलेसम्म कुनै फिल्ममा जानेरै गल्ती गरेको छैन । तर, मान्छे भएपछि गल्ती र कमजोरी हुन्छ । हामीले राम्रो नियतका साथ काम गर्छौं । यद्यपि, हामीबाट कमजोरी हुँदैन भन्ने चाहिँ होइन,’ उनले अगाडि भने, ‘दर्शकबाट यत्रो माया पाउँदा पाउँदै जानी-बुझी गल्ती गर्नु अपराध नै हुन्छ ।’
