प्यूठान -साउन । कृषि क्षेत्रको व्यवसायिकरणका लागि राज्यले अघि सारेको पशुबीमाप्रति प्यूठानका किसानहरुको उत्साहजनक सहभागीता देखिएको छ । बीमा गर्दा हुने फाईदाको विषयमा जिल्लाका गाउँ–गाउँमा जानकारी पुगेपछि किसानहरुको संख्यामा ‘ह्वात्तै’ वृद्धि भएको जिल्ला पशुसेवा कार्यालय प्यूठानले जनाएको छ ।
यसबाट १ करोड ४४ लाख ९८ हजार रुपैयाँ बीमा वापतको रकम संकलन भएको खनालले बताउनुभयो । पशुहरुको बीमा गराउँदा लगानी सुरक्षित हुने किसानहरुको भनाई छ ।