काठमाडौ । नयाँ शिक्षा ऐन प्रमाणिकरण भएसँगै विद्यालयहरुका शिक्षण सिकाइ क्रियाकलापमा असर परेको छ । देशभर रहेका करिब १७ हजार अस्थायी शिक्षकहरुको विषयमा ऐनमा उल्लेख भएको वुँदाले शिक्षण क्रियाकलापमा असर पुगेको शिक्षक तथा प्रधानाध्यापकहरुले गुनासो गर्न थालेका छन् ।
असार १५ गते जारी भएको ऐनले अस्थायी शिक्षकले प्रतिस्पर्धा र अवकासमध्ये कुनै एक रोज्न पाउने व्यवस्था गरेको छ । उक्त ब्यवस्थाका कारण अस्थायी शिक्षकहरु काममा गम्भिर नहुँदा दैनिक शिक्षण क्रियाकलापमा असर पुगेको हो ।