दाङ,४ साउन । त्रिपुर नगरपालीका दाङले आर्थीक वर्ष २०७२÷०७३ को लागी अन्ती सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । आर्थीक वर्षको समाप्ती संगै गत असार ३१ गते हापुरको संयुक्त वडा कार्यालयमा आयोजना गरिएको सुनुवाईमा सर्वसाधरणले अझै पनि आफुले नगरबासी भएको अनुभव गर्न नपाएको गुनासो गरेका थिय । उनिहरुले त्रिपुरको नारायणपुर क्षेत्रमा नभएर सबै ठाउँका नागरिकलाई नगरबासी भएको अनुभुति हुने गरि विकास निर्माणको कार्यलाई अघि बढाउन सुझाव दिएका थिय ।
कार्यक्रममा कुलबाहुदर लामीछाने,प्रेमबहादुर न्युपाने,शीव श्रेष्ठ,खुमा रावत,नक्षेत्र विक,डम्बर गौतम,शुशीला नेपाली,नरेश खड्का,रुक्मिना न्युपाने लगाएतकाले जिज्ञासा राखेका थिय । कार्यक्रममा उठेका प्रश्नको कार्यकारि अधिकृत कमान सींह थापामगर,कार्यक्रम अधिकृत बिपना बर्तौला,ईनजीनियर बसन्त दुलालले जवाफ दिनुभएको थियो । कार्यक्रममा राजनितिक दलका बोर्डप्रतिनिधि,सरोकावाला लगाएतको उपस्थिति रहेको थियो । जनउत्थान समाज बिकास केन्द्रको प्राबिधिक सहयोगमा भएको सार्बजनिक सुनुवाईको सहजिकरण बिवेक खड्काले गरेका थिय ।