Indrenionline.com

प्युठानमा जीप दुर्घटना, तीन जनाको मृत्यु, १२ जना घाइते

प्युठान, २३ कार्तिक । प्युठानमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । प्युठान नगरपालिका– ५ पूर्णागाउँ कुनापानीमा गएराति लु १ ज ३७०७ नम्बरको जीप दुर्घटना तीन जनाको घटनास्थलमै ज्यान गएको हो भने १२ जना घाइते भएका छन् ।

दुर्घटनामा परी पूर्णा गाउँकी ५२ वर्षकी मैमा घर्ती, ४३ वर्षकी बच्ची थापा र ४६ वर्षका खुमन थापाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । घाइतेको जिल्ला अस्पतालमा बिजुवारमा उपचार भइरहेको छ ।

प्युठान नगरपालिका–१ खैरामा लाग्ने पूर्णिमा मेला हेरेर फर्किएका व्यक्ति दुर्घटनामा परेका प्रहरीले जनाएको छ । जिप दुर्घटना राति १२ बजेतिर भएको बताइएको छ ।