Indrenionline.com

हतियारसहित शिकारी पक्राउ

बाँके: अवैधरुपमा शिकार खेल्न गएका दुई जना पक्राउ परेका छन् ।

बाँके राष्ट्रिय निकुञ्जमा हतियारसहित शिकार खेल्न गएका दुई जनालाई नेपाली सेना र निकुञ्जका कर्मचारीको गस्ती टोलीले पक्राउ गरेको हो ।

कोहलपुर नगरपालिका- १३ स्थित भरैया ईलाका भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरिएको बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ ।