Indrenionline.com

प्रचण्डविरुद्ध मत मागेपछि गण्डकीका उर्जामन्त्री बर्खास्त

खरा । गण्डकी प्रदेश सरकार ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री हरिशरण आचर्य बर्खात भएका छन् । एमालेलाई सहयोग गरेको आरोपमा उनलाई मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले बर्खास्त गरेका हुन् ।

गोरखा–२ घर भएका आचार्यले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मत मागेको आरोप लागेपछि मुख्यमन्त्रीले हटाउन लागेका हुन् । मुख्यमन्त्री पोखरेलका प्रेस संयोजक भरत कोइरालाका अनुसार आचार्यलाई बर्खास्त गर्न प्रदेश प्रमुखलाई पत्र पठाइएको छ ।

गोरखा–२ (२) मा नेकपा एमालेका उम्मेदवार राजु रानालाई भोट माग्दै हिँडेको सूचना पाएको भन्दै उनलाई मुख्यमन्त्री नेपालीले बर्खात गरेको विश्वस्त स्रोतले जनाएको छ ।

मन्त्री आचार्यले भने आफूले कसैको पक्षमा भोट नमागेको बताएका छन् । असोज २१ गतेबाटै आफू कुनै पार्टीमा नरही स्वतन्त्र भएको र आफूले कसैको चाकडी गरेर बदमा नबस्नेसमेत उनले बताएका छन् ।

मन्त्री आचार्य हाल बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीमा आवद्ध छन् । २०७४ को निर्वाचनमा उनी गोरखा–२(२)बाट निर्वाचित भएका थिए । नेपाल समाजवादी पार्टीले उक्त क्षेत्रमा हाल फणिन्द्र देवकोटालाई प्रदेशसभा उम्मेदवार बनाएको छ । फणिन्द्रको उम्मदेवारीविरुद्ध उनले बागी प्रदेशसभामा स्वतन्त्रबाट बागी उम्मेदवारी दिए पनि पछि फिर्ता लिएका थिए ।