Indrenionline.com

विश्वकपका लागि ब्राजिलको टोली घोषणा, को-को परे ?

पाँच पटकको च्याम्पियन ब्राजिलले कतारमा आगामी मंसिर ४ गतेबाट हुने फिफा विश्वकप २०२२ का लागि २६ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको छ।

विश्वकप सुरु हुन करिब २ साता अगाडि प्रशिक्षक टिटेले अनुभवी र युवा खेलाडीको सम्मिश्रण अन्तिम टोली घोषणा गरेका हुन्। पछिल्लो पटक सन् २००२ मा विश्वकप जितेको ब्राजिल २० वर्षपछि उपाधिको प्रमुख दाबेदारमध्ये एक हो। ब्राजिलले ९ जना फरवार्ड, ३ जना गोल किपर,६ जना मिडफिल्डर र ८ जना डिफेन्डर छन्।

विश्वकपमा परेका ब्राजिलका २६ खेलाडीहरु:

गोलकिपर

एलिसन
एडरसन
वेभेरटन

डिफेन्डर 

थिआगो  सिल्भा
मार्क्यून्होस
डानिलो
एडर मिलिताओ
एलेक्स टेल्लेस
एलेक्स सान्ड्रो
ब्रेमर
डानी आल्भेज

मिडफिल्डर 

कासेमिरो
लुकास पाक्वेटा
फाबिन्हो
फ्रेड
एभर्टन रिबेइरो
ब्रुनो गुइमाराएस

फरवार्ड 

नेइमार
रिचार्लिसन
भिनिसियस जुनियर
एन्टोनी
राफिन्हा
रोड्रीगो
पेड्रो
गाब्रियल जिसस
गाब्रियल मार्टिनेल्ली