Indrenionline.com

ज्ञानज्योतिमा गुरु पुर्णिमा मनाइयो

तुलसीपुर ४ साउन ।
पब्लिक ज्ञानज्योति उच्च मावि तुलसीपुरमा विविध कार्यक्रम गरेर विद्यार्थीहरुले गुरुपुर्णिमा मनाएका छन् । विद्यालयका प्राचार्य सुरेन्द्र्र जिसीको प्रमुख आतिथ्यता एवम् विद्यार्थी मन्जुल देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरुले गहिरो अध्ययन र अनुशासित रहे मात्र गुरुप्रतिको सच्चा सम्मान हुने कुरामा जोड दिएका छन् ।feature

कार्यक्रममा बिद्यालयका सहप्राचार्य मनोज केसी, विज्ञान संकाय संयोजक सुन्दर देवकोटा, सञ्चार संयोजक वसन्त विवश आचार्य, पर्शुराम चौधरी, मदनराज भट्ट लगायतका शिक्षक एवम् प्रतिष्ठा वलि, सुरेन्द्र वुढाथोकी, सनद देवकोटा, विपना थपलिया, राकेश नेपाली, गिरिराज डाँगी लगायतले गीत नृत्य र मन्तव्य व्यक्त गरेका गर्नुभएको थियो ।

यसैबिच गुरु पुर्णिमाको अबशरमा घोराही–११ मा रहेको पद्मोदय क्याम्पस घोराहीमा विविएस प्रथम वर्षमा अध्ययनत विद्यार्थीहरुले एक कार्यक्रमको आयोजना गरी क्याम्पका शिक्षकलाईलाई सम्मान गरेका छन् ।

क्याम्पस प्रमुख निश्चल आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरुले गुरु पुर्णिमाको अवसरमा आफुलाई अध्यापन गराउने शिक्षकहरुलाई सम्मान गरेका हुन । क्याम्पसका अध्यक्ष बम बहादुर डि सी को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।।