Indrenionline.com

भिक्टोरिया तालमा विमान खस्दा १९ को मृत्यु, २४ काे उद्धार

तान्जानियाको भिक्टोरिया तालमा आइतबार विमान खस्दा १९ जनाको मृत्यु भएकाे छ। तान्जानियाका प्रधानमन्त्री कासिम माजालिवाले दर्जनौँ यात्रुसहितको प्रेसिजन एयरको उडान लेक भिक्टोरियामा डुबेको पुष्टि गरेका छन्।

४३ यात्रु सवार विमान दुर्घटनामा २४ जना बाँच्न सफल भएका छन्। विमान दुर्घटनामा घाइते भएकाहरूको लेकसाइड सहरस्थित अस्पतालमा उपचार भइरहेको छ।

स्थानीय मिडियामा प्रसारित भिडियो फुटेजले विमानको अधिकांश भाग तालमा डुबेको देखाएका छन्। आकस्मिक कामदारहरूले क्रेन तथा डोरी प्रयोग गरेर विमानलाई पानीबाट बाहिर निकाल्ने प्रयास गरिरहेका छन्।