Indrenionline.com

एमालेले सानदार एकल बहुमत ल्याउँछ : ओली

काठमाडौंनेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा एमालेले सानदार एकल बहुत ल्याउने बताएका छन्। मंगलबार चुनावी प्रतिवद्धता सार्वजनिक कार्यक्रममा एमाले अध्यक्ष ओलीले एमालेको गन्तव्य १५० सिट जित्ने रहेको बताए।

ओलीले भने, ‘एमालेको लक्ष्य १५० सिट ल्याउने छ। १३८ सिट ल्याए बहुमत आउँछ। स्थिरता र स्थायित्वको मिसन पूरा गर्न एमालेले बहुमत ल्याउँछ नै।’

कांग्रेस र माओवादी केन्द्रले एकल रूपमा बहुमत ल्याउन नसक्ने बताए। ओलीले भने, ‘कांग्रेस र माओवादी केन्द्रले एकल बहुमत ल्याउनै सक्दैनन्। बहुत असम्भव छ। एमालेले मात्रै ल्याउन सक्छ ल्यायो भने बहुमत। यो पटक जनता ओइरिएका छन्।’