Indrenionline.com

एमालेले मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं : नेकपा (एमाले)को चुनावी घोषणापत्र मंगलबार सार्वजनिक गरिने भएको छ।

भोलि मंगलबार दिउँसो साढे १ बजे घोषणापत्र सार्वजनिक गर्ने तय भएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले अन्नपूर्णलाई जानकारी दिए।

उनका अनुसार घोषणपत्र सार्वजनिकसँगै अध्यक्ष केपी शर्मा ओलीसँग लाइभ डिबेट पनि हुनेछ। घोषणापत्र होटल याक एन्ड यतीमा सार्वजनिक गर्ने एमालेको तयारी छ।