Indrenionline.com

सन्दीपविरुद्ध मुद्दा दर्ताको तयारी, १२ वर्षसम्म कैद सजाय माग

बलात्कार आरोपमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दा दर्ताको तयारी गरिएको छ । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा सम्भवत: आजै अभियोग पत्र पत्र दर्ता गर्न लागेको हो ।

सन्दीपविरुद्ध १० देखि १२ वर्ष कैद सजाय माग गर्दै अभियोग पत्र दर्ता हुन लागेको जिल्ला सरकारी वकिल कार्यालयले स्रोतले जनाएको छ ।

सन्दीपविरुद्ध १७ वर्षीया किशोरीले बलात्कारको आरोप लगाएकी थिइन् । सन्दीप असोज २० देखि प्रहरी हिरासतमा छन् । अभियोग पत्र दर्ता भएपछि अदालतले सन्दीपको बयान लिनेछ । त्यसपछि हुने थुनछेक बहसपछि अदालतले साधारण तारेखमा छाड्ने, धरौटी माग्ने वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये एउटा आदेश गर्नेछ ।३ वर्षभन्दा बढी कैद सजाय मागिएको मुद्दामा प्रमाणका आधारमा थुनछेक आदेश हुने व्यवस्था छ ।