Indrenionline.com

आगलागी पीडितलाई भेटे महराले

इन्द्रेणी संवाददाता

दाङको घोराहीमा रहेका तीन ठुला फर्निचर उद्योगहरुमा भिषण आगलागी भएको छ । फर्निचर उद्योगहरुको सोरुम र उद्योगमा आगलागी भएपछी करोडौं क्षती भएको प्रहरीको भनाइ रहेको छ ।

आगलागी के कति कारणले भएको भन्ने एकिन हुन नसकेपनि बिजुली सर्ट भएर सोमबार राति करिब ११ बजे तिर आगो लागेको थियो ।

मध्ये बजारमा रहेका तीन वटा फर्निचर उद्योगमा एकै साथ आगो लागेपछि स्थानीय त्रसित बनेका थिए।

घोराहीको मध्यबजार शहीद गेट रोडका ‘न्यू दाजुभाइ फर्निचर उद्योग, दाजुभाइ फर्निचर उद्योग, स्टार दाजुभाइ फर्निचर उद्योगका साथै ओम प्रकृति सो रूमममा आगलागी पछी स्थानीयहरू त्रसित भएका थिए ।

पूर्व सभामुख महराद्वारा आगलागी पीडितसंग भेटघाट

भिषण आगलागीबाट पीडित भएका आगलागी पीडितहरुलाई पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले भेटघाट गरेका छन् । महरा संगको भेटघाटमा पीडितहरुले आगलागीबाट  झन्डै ६ करोड बढी क्षति भएको बताएका छन् ।

आगलागी पीडितहरु संगको भेटघाटमा पूर्व सभामुख महराले पीडितहरुको के कति क्षति भएको छ सो को मुचुल्का तयार गर्न प्रहरीलाई निर्देशन गरेका छन्  । महरा संगको कुराकानीमा दाङ जिल्ला प्रहरी प्रमुखले मुचुल्का उठाउने काम भइरहेको र आगलागीबाट करिब ६ करोड ६८ लाख अनुमान गरिएको जानकारी दिए।