काठमाडौं, ४ साउन । मैले त पद छाडूँला, संविधानले तोकेअनुसार २०७४ माघ ७ भित्र तीनै तहका निर्वाचन हुन नसके त्यतिबेलाका प्रधानमन्त्रीले पदत्याग गर्छन् भन्ने के ग्यारेन्टीरु’ उच्च स्रोतअनुसार प्रधानमन्त्री केपी ओली निकटस्थसँग छलफलमा यही चिन्ता जाहेर गर्छन्। उनले आफू पदबाट हट्नुअघि यही सुनिश्चितता खोजेका छन्।
‘माघ ७ भित्र तीनै तहको निर्वाचन नभए त्यस समयमा हुने प्रधानमन्त्री शेरबहादुर देउवा ले सत्ता छाड्छन् भन्ने ग्यारेन्टी के छरु’ छलफलमा सहभागी एक निकटस्थले ओलीलाई उद्धृत गरे, ‘अहिले जसरी परिस्थिति विकास हुँदै गएको छ, त्यसले संविधानले निर्धारण गरेको समयभित्रै तीनै तहको निर्वाचन हुन नसके विकल्प सुनिश्चित अहिले नै गरिनुपर्छ।’ आजको नागरिक दैनिकमा छापिएको छ ।