Indrenionline.com

दुई सिनेमा ‘के घर के डेरा’ र ‘नालापानी’ शुक्रबारबाट प्रदर्शन

काठमाडौं । तिहारको अवसर पारेर शुक्रबारबाट दुई सिनेमा ‘के घर के डेरा र नालापानी’ले प्रदर्शन आएका छन् । फरक विषयवस्तु र शैलीका यी दुई सिनेमाले तिहार र छठको एक हप्ता लामो सार्वजनिक विदामा सुखद् व्यापार गर्ने अपेक्षा गरिएको छ ।

दुई सिनेमामध्ये ‘के घर के डेरा’ले मल्टीप्लेक्समा उच्च शो हात पारेको छ भने ‘नालापानी’ले पनि सन्तोषजनक शो पाएको छ । ई दुई सिनेम सँगै लिउडका चर्चित अभिनेता ड्वेन जोन्सन अभिनित सिनेमा ‘ब्ल्याक एडम’ चुनौती ठूलो बन्न सक्ने देखिएको छ ।यो अवस्थामा दुई घरेलु सिनेमालाई बक्सअफिसमा आफ्नो रफ्तार समात्नका लागि बलियो ‘वर्ड अफ माउथ’को आवश्यकता पर्ने देखिन्छ ।

सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज(नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईमाथि निर्माण भएको ‘नालापानी’का निर्देशक रिमेश अधिकारी हुन् ।दीपेन्द्र के खनाल निर्देशित सिनेमा ‘के घर के डेरा’मा दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, रविन्द्र झा, लक्ष्मी गिरी, कोशिश क्षेत्री, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, कोशिस क्षेत्री, भोलाराज सापकोटा, घनश्याम जोशी, बाल कलाकार आयुषा ढकाललगायतको अभिनय रहेको छ । के घर के डेराको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् ।