Indrenionline.com

सर्वसाधारण जनताको घरमा -विनोद चौधरी

काठमाडौं । नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीलाई सामान्यतया आममान्छेले भेट्नै पाउँदैन । उनलाई भेट्न एप्वाइन्टमेन्ट लिएरपनि थुप्रै चरणको सेक्युरिटी पार गर्नुपर्छ  । तर, अहिले उनै चौधरी सर्वसाधारण जनताको घर–दैलोमा आफैं उपलब्ध छन् ।

केही दिनयता सामाजिक सञ्जालमा भाइरल भइरहेका उनका तस्बिरहरु तपाईंले पनि हेर्नुभएको होला । उनी कतै मोटरसाइकलको पछाडि बसेर यात्रा गरिरहेका हुन्छन् ।कतै गाउँबासीहरुसँगै बसेर टपरीमा भात खाइरहेका भेटिन्छन् । अनि कतै बुढापाकाहरुलाई धनुष्टंकार नमस्कार गर्दै बातचित गरिरहेको देखिन्छ ।उनी आहिले घर-दैलों अभियान मा छन ।

उनको बारेमा अहीले सामाजिकसंजालमा टिप्पणी भइरहेका छ !ओहो ! देशकै सबैभन्दा धनाढ्य व्यक्ति भएर पनि कति सरल ? कति मिजासिला ? नेताहरुले उनीबाट सिकुन् ? यस्ता कमेन्टहरु पनि सामाजिक सञ्जालमा देख्न पाइएको छ ।

तर, जसले नेताहरुको चुनावी फन्डाहरु बुझेका छन्, उनीहरुका लागि चाहीँ चौधरीको यो शैली मतदाता प्रभावित पार्ने ‘कलात्मक नाटक’ सिवाय केही होइन ।चौधरीलाई आगामी प्रतिनिधिसभा चुनावमा प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले नवलपरासीको क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाएको छ । सत्तारुढ गठबन्धनका दलहरुको समर्थन उनले पाउने छन् । निजी क्षेत्रको सबैभन्दा ठूलो व्यापारिक साम्राज्यका मालिक यसरी राजनीतिमा उत्रिनु र चुनाव लडेर सांसद बन्न लालायित हुनु आफैंमा प्रश्नयोग्य विषय हो ।

चौधरी यसअघि नै दुईपटक सांसद बनिसकेका छन्आफ्नो राजनीतिक पहुँच प्रयोग गरेर चौधरीले कसरी व्यवसायिक स्वार्थ सिद्दी गर्दै आइरहेका छन् भन्ने पछिल्लो दृष्टान्त अहिलेको सरकारले ल्याएको बजेट नै हो ।, चालु आवको बजेटमा विद्युतीय गाडीको कर ह्वात्तै बढाइयो, तर चौधरीले आयात गर्ने गाडीलाई जोगाएर । विद्युतीय गाडीमा १० प्रतिशत मात्रै कर लाग्दै आएकोमा अर्थमन्त्री जनार्दन शर्माले १ सय देखि २ सय किलोवाटभन्दा बढी इन्जिन क्षमता भएका गाडीमा भन्सार र अन्तःशुल्क ६० प्रतिशतसम्म पुर्याए ।

त्यसो त चौधरीलाई यस क्षेत्रबाट चुनाव जित्न सजिलो भने छैन । नवलपरासीका हस्ति नेता हृदयश त्रिपाठी उनका बलिया प्रतिस्पर्धी हुन् । त्रिपाठीले २०७० सालमा बाहेक हरेक चुनावमा यो क्षेत्रबाट जित्दै आएका छन् । तर, आफूलाई चार दलीय गठवन्धनको समर्थन रहेकाले चौधरी निकै आशावादी देखिन्छन्