दाङमा भएको हायस दुर्घटनामा परी चार जना घाइते भएका छन्।बधबार दिउँसो साढे ३ बजे तुलसीपुर उपमहानगरपालिका–१३ भञ्ज्याङमा दुर्घटना भएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ। दुर्घटनामा परी चार जना घाइते छन् चालकको अवस्था गम्भीर छ।
नेपालगन्जका चालक २७ वर्षीय राजन बिक, सहचालक तुलसीपुर–वडा नं. १३ सितलपुरका २६ वर्षीय नारायण कुँवर, तुलसीपुर– १६ की ५५ वर्षीया सरिता बस्नेत, दंगीशरण गाउँपालिका वडा नं. १ का ५३ वर्षीय टोपेन्द्रबहादुर बिष्ट घाइते छन्।
अन्य सबैको उपचार तुलसीपुरस्थित राप्ती प्रोदशिक अस्पतालमा जारी छ।गम्भीर घाइते चालक बिकलाई भने थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।दाङको तुलसीपुरबाट बाँकेको नेपालगन्ज तर्फ जाँदै गरेको रा १ ज ७९२ नम्बरको हायस दिउँसो साढे ३ बजेतिर अनियन्त्रित भई तुलसीपुर–१३ भञ्ज्याङमा दुर्घटनामा परेको हो।
