Indrenionline.com

नवौं राष्ट्रिय खेलकुद: दाजुभाइले जिते अन्तिम दिन स्वर्ण

३ कात्तिक, पोखरा । गोपीचन्द्र पार्की र शिवराज पार्कीको लागि बिहीबारको दिन विशेष बन्यो । गण्डकी प्रदेशको पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा यी दाजुभाइले एकै दिन स्वर्ण पदक जिते ।

विभागीय टोली एपीएफका गोपीचन्द्रले ५ हजार मिटर दौडमा पहिलो इभेन्टमै स्वर्ण जिते । त्यसको केहीबेरपछि भाइ शिवराज पार्कीले २०० मिटर दौडमा स्वर्ण जिते ।दुवै जना सशस्त्र प्रहरी बलका खेलाडी हुन्।

यता शिवराजले २ सय मिटर दौडमा स्वर्ण जित्न सफल भए। सय मिटर दौडमा पनि स्वर्ण जितेका शिवराजले यसअघि दुई स्वर्ण जितेका थिए। यससँगै उनले आफ्नो स्वर्ण संख्या ३ पुर्‍याउन सफल भए।

कैलालीका शिवराज  र गोपीले यसअघि आठौं राष्ट्रिय खेलकुदमा पनि पदक जितेका थिए।