रामेछाप, २ कार्तिक । खानेपानी तथा सरसफाइ कार्यालयका इन्जिनियर नवराज सत्याल र पलम्बर बखतबहादुर थापा २८ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।
पक्राउ परेकाहरूले रामेछापको इन्छिनगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कामको भुक्तानीबापत रकम लिएको खुलेको अख्तियारले जनाएको छ । उनीहरूलाई चेक र रकम लिइसकेको अवस्थामा इन्जिनियरको निवास रहेको खानेपानी कार्यालयको क्वार्टरबाट पक्राउ गरेको बताइएको छ ।