काठमाडौं, २ कार्तिक । बालिका जबर्जस्ती करणी अभियोगमा उजुरी परेपछि अनुसन्धनामा तानिएका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्ध बुधबार प्रहरीले तेस्रोपटक म्याद थप्दै छ ।
थप अनुसन्धानको आवश्यकता रहेको भन्दै प्रहरी थप सात दिन म्याद थप्ने निर्णयमा पुगेको हो । २० असोजदेखि प्रहरी हिरासतमा रहेका सन्दीपविरुद्ध यसअघि दुईपटक सात र पाँच दिनको म्याद थप गरिसकेको छ । उनलाई हाल प्रहरी वृत्त गौशालाको हिरासत कक्षमा राखिएको छ ।
सन्दीपविरुद्ध म्याद थपका लागि बुधबार जिल्ला अदालत काठमाडौंमा पेस गरिने प्रहरीले बताए को छ ।
