आज सरकारले सार्वजनिक बिदा दिएको छ। आइतबार निधन भएका शताब्दी पुरूष सत्यमोहन जोशीको शोक मनाउन आज देशभरि सार्वजनिक बिदा दिएको हो।
गृह मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै शताब्दी पुरूष सत्यमोहन जोशीको निधनको शोकमा नेपाल राज्यभरिका सबै सरकारी कार्यालय, सार्वजनिक संघ-संस्थाहरू विदेशस्थित कूटनीतिक नियोगहरूमा मंगलबार बिदा दिने निर्णय भएको जानकारी दिएको छ।
आज नेपालको राष्ट्रिय झन्डा झुकाउने पनि निर्णय भएको गृहको विज्ञप्तिमा उल्लेख गरिएको छ।आइतबार जोशीलाई श्रद्धाञ्जली अर्पण गर्न जाँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनप्रेम श्रेष्ठले जोशीको निधनको शोकमा एक दिन सार्वजनिक बिदा दिने घोषणा गरेका थिए ।
१०३ वर्षीय जोशी आइतबार बिहान उपचारको क्रममा किस्ट अस्पतालमा निधन भएको थियो।
