Indrenionline.com

राजु गुरुङको रुपन्देही २ मा उम्मेदवारी कायम

रुपन्देही २ का गठबन्धन उम्मेदवार नेकपा एसका राजु गुरुङको उम्मेदवारी खारेजीसम्बन्धी रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएसँगै उम्मेदवारी कायम भएको छ। सो क्षेत्रमा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार छन् ।

निर्वाचन  कार्यालयका निर्वाचन अधिकृत उदविर नेपालीले सोमबार सूचना जारी गर्दै अदालतको आदेशअनुसार गुरुङको उम्मेदवारी कायम गरिएको जानकारी दिएका छन् । यसअघि असोज २५ गते आयोगले गुरुङको उम्मेदवारी खारेज गरेको थियो ।

न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासले अन्तरिम आदेशका लागि छलफल गर्न बोलाएको छ । निर्वाचन आयोगले बैंकिङ कसूरसम्बन्धी मुद्दामा अदालतले सजाय तोकेका गुरुङको उम्मेदवारी खारेज गरेको थियो ।त्यसका विरुद्धमा गुरुङ सर्वोच्च अदालत गएका थिए ।