उनहीहरुको शव आइतबार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ दमारगाउको जंगलमा एउटै खाडलमा गाडिएको अवस्थामा फेला परेको हो । डलमा गाडिएको अवस्थामा फेला परेका दुई किशोर किशोरीको टाउकोमा गहिरो चोट देखिएको छ ।
मृत फेला पर्नेमा तुलसीपुर १३ दमारगाँउ निवासी १५ वर्षीय शरद आचार्य र वर्ष १५ कै रोशनी महतरा को शव गाडिएको अवस्थामा आइतबार दिउँसो फेला परेको थियो। प्रहरी प्रमुख एसपी वीरबहादुर वलीका अनुसार दुबैको टाउकोमा गहिरो चोट पटक देखिएको छ।
उनले भने, ‘त्यसले उनीहरू दुबैको हत्या भएको स्पष्ट भन्न सक्ने आधार देखिएको छ।’‘दुबैको टाउकोमा ढुंगा वा चिर्पटले प्रहार गरेजस्तो गहिरो चोट लागेको छ। प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले घटनाको प्रकृतिका हेर्दा उनीहरूको हत्यामा चिनजानकै र नजिकका आफन्तको संलग्नता हुनसक्ने बताए।
उनीहरुको हत्यामा नजिकका र चिनजानकै मानिसको हात हुनसक्ने आशंका बढेको छ।’इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले राति सवा ११ बजेसम्म संकास्पद ६ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए। प्रहरीका अनुसार असोज २७ गते रातिदेखि उनीहरू बेपत्ता भएका थिए
