दाङमा एउटै खाडलमा पुरिएको अबस्थामा दुई किशोर किशोरी मृत फेला परेका छन् । उनीहरू १२/१५ दिन अघि हराएका थिए । खोज तलास गर्ने क्रममा उनीहरूलाई आज दिउसो १२ बजेतिर फेला पारिएको हो ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ दमारगाउँमा सोही ठाउँका १४ वर्षिय शरद आचार्य र १५ वर्षिया रोशनी महतरा मृत फेला परेको प्रहरीले बताएको छ ।
शव सुन्निएको अवस्थामा रहेकाले शरिरको कुनै/कुनै भागमा मात्रै चोट लागेको जस्तो देखिएको प्रहरीले बताएको छ । बाँकी कुरा पोष्टमाटम पछि थाहा हुने डिएसपी मल्लको भनाई छ । डिएसपी मल्लका अनुसार मृतक आचार्य र महतरा असोज २७ गतेदेखि सम्पर्क बिहीन थिए । असोज २९ गते परिवारले उनीहरु हराएको भनी प्रहरीमा खवर गरेका थिए । प्रहरीका अनुसार आचार्य र महतरा केही समयदेखि प्रेम सम्बन्धमा रहेको र यो बिषयमा परिवार पनि जानकार थिए ।
