आज र भोलि कक्षा १२ को स्तर वृद्धि (पुरक) परीक्षा भइरहेको छ । देशभरका ४२४ परीक्षा केन्द्रमार्फत परीक्षा संचालन भइरहेको छ । गत जेठ १६ गतेदेखि २५ गतेसम्म लिइएको वार्षिक परीक्षाको नतिजा भदौ १७ गते सार्वजनिक गरिएको थियो।
बोर्डले पहिलो पटक ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशन गरेको थियो । जसमा १ लाख ८८ हजार ४१० जना नन ग्रेडिङमा परेका थिए । दुई विषयमा नन ग्रेडिङमा परेको १ लाख ३० हजार विद्यार्थीले पुरक परीक्षा दिन लागेको बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए। ।
परीक्षामा नियमिततर्फ ३ लाख ६३ हजार १ जना, ग्रेडवृद्धितर्फ ३० हजार ४५ जना र आंशिकतर्फ ३ हजार १३२ जना गरी ३ लाख ९६ हजार १८५ जना सहभागी भएका थिए ।
ग्रेड वृद्धि दिन पाउने (दुई विषयसम्म दिन पाउने) एक लाख ३० हजार ८७८ जना रहेको बोर्डले जनाएको छ ।जसअन्तर्गत यसवर्ष नियमिततर्फ ३.६१ देखि ४ जीपीए ४ हजार १७९ जनाले ल्याएका छन् ।
