Indrenionline.com

पत्रकार समेलनमा एस्तो भने रावलले

नेकपा एमाले नेता भीम रावलले आफूलाई हराउन नसकिने निष्कर्ष निकालेपछि उम्मेदवारै बन्न रोकिएको बताएका छन् ।आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रावलले आफूलाई कुनैपनि हालतमा चुनाव हराउन नसकिने अवस्था भएपछि टिकट दिनबाट बञ्चित गरिएको बताएका हुन् ।

पत्रकार समेलनमा बोल्दै नेता रावलले चुनावको चर्चा हुन थालेपछि आफू विरुद्ध षड्यन्त्र हुन थालेको बताएका छन् । ‘आम निर्वाचनको चर्चा हुन थालेपछि मैले चुनाव नलड्ने भनेर सुनियोजित प्रचार भयो । मेरो एकल उम्मेदवारी सिफारिस भएपछि मेरो घरमा आएका सुदूरपश्चिमका नेता कार्यकर्तालाई चुनाव लड्न तयार रहेको भनेको थिए ।

अछाम एकबाट चुनाव लड्ने भन्दै आफ्नो मन्तव्य समेत दिएको थिए । त्यो भेला रोक्ने प्रयास समेत गयो चुनाव नलड्ने भन्ने भनि गरिएको प्रचारको खण्डन गरेपछि सम्पर्कविहीन भएको भन्दै कुप्रचार गरियो’ रावलले भने– ‘मैले ओलीजीसँग सम्पर्क गरेपछि मैले माफी मागेपछि टिकट दिने अर्को प्रचार आयो । माफी माग्नुपर्छ भन्ने हास्यास्पद भएको भन्दै प्रतिक्रिया दिए ।’