Indrenionline.com

भारत कमाउन गएका श्रीमान १३ महिनसम्म सम्पर्कमा नआएपछि खोजी गरिदिन आग्रह

दाङ, ७ असोज । दाङको बबई गाउँपालिका–७ डाँडागाउँका कमानबहादुर खत्री १३ महिनादेखि बेपत्ता रहेका छन् । २०७८ साल भदौ ४ गते भारतमा कमाउन जाने भन्दै घरबाट निस्कनुभएका खत्री आजसम्म परिवारको सम्पर्कमा छैनन् ।

वर्षदिन पुग्दासमेत खत्री कुनै सम्पर्कमा आउन नसकेपछि अहिले घरपरिवार चिन्तित बनेका छन् । खत्रीको खोजिका लागि उनकी श्रीमती लालमती खत्री जिल्ला प्रहरी कार्यालय दाङसहित महानगरिय प्रहरी परिसर काठमाडौंमा समेत पुगेकी छिन् ।

तर आजसम्म खत्रीको कुनै पत्तो हुन नसकेको लालमतील बताइन् । ‘उहाँको खोजिका लागि केके गरिन,’ लालमतीले भनिन्े, ‘सबै ठाउँ पुगिसकियो । धामी, झाँक्री कही पनि बाँकी छैन ।’

कमानबहादुर घरबाट भारतको गोवामा जाने भनेर किस्किएको बताइन् । तुलसीपुरसम्म जाँदा सम्पर्क भएको र त्यसपछि कहाँ जानुभयो भन्ने पत्तो नभएको उनको भनाइ छ । भारत पुगेपछि मोबाई किन्ने भन्दै कमानबहादुरले मोबाइलसमेत भनाइ छ ।

यदि कसैले भेटाएमा नजिकको प्रहरी कार्यालय वा फोन नम्बर ९८१४०६३२४१, ९८१०९५२२०६ मा सम्पर्क गर्न परिवारले आग्रह गरेका छन् ।