Indrenionline.com

चुनावमा तीन लाख सुरक्षाकर्मी परिचालन

काठमाडौँ, २७ भदौ । सरकारले मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तीन लाख सुरक्षाकर्मी परिचालन गर्ने भएको छ ।

एकैपटिक हुन लागको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी परिचालन गरी करीव तीन लाख सुरक्षाकर्मी परिचालन गर्ने सुरक्षा योजना स्वीकृत भएको हो ।

स्वीकृत सुरक्षा योजना अनुसार सेना, प्रहरी, सशस्त्र र अनुसन्धान विभागबाट पौने २ लाख तथा म्यादीका १ लाख १५ हजार परिचालन गरिनेछ । सरकारले निर्वाचन सुरक्षाका लागि १ लाख १५ हजार म्यादी प्रहरी भर्नाका लागि आवेदन समेत आह्वान गरिसकेको छ ।