काठमाडौँ, २६ भदौ । चुनावको सिट भागवण्डाका लागि शनिवार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको छलफल बिनानिष्कर्ष सकियो ।
गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले २० साउनमै आगामी चुनावमा तालमेल गर्ने सहमति गरेका थिए भने त्यही दिन कृष्णप्रसाद सिटौलाको नेतृत्वमा ११ सदस्यीय कार्यदल बनाएका थिए ।