काठमाडौं, १७ भदौ । डेंगु संक्रमण ७२ जिल्लामा फैलिएको छ । काठमाडौं उपत्यकामा असारको दोस्रो सातादेखिै देखिन थालेको डेंगु संक्रमण भदौको तेस्रो साता नपुग्दै लगभग देशभरि फैलिएको हो ।
देशभर हालसम्म तीन हजार तीन सयभन्दा बढीमा डेंगु संक्रमण पुष्टि भइसकेको एपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
योसँगै उपत्यकाका अस्पतालहरूमा ज्वरोसहितका लक्षण भएका बिरामीको भिडभाड बढेको छ । संक्रामक रोगको उपचार हुने टेकु अस्पतालको इमर्जेन्सीमा बिहीबार डेढ सयभन्दा बढी बिरामी उपचारका लागि पुगेका थिए । डेंगु संक्रमणबाट धनगढीमा एकजनाको मृत्यु समेत भएको छ ।
यो रोग लाम्खुट्ेको टोकाइबाट सर्ने भएकाले लाम्खुट्टेको टोकाइबाट वच्न स्वास्थ्यकर्मीहरुले सचेत बनाएका छन् ।