Indrenionline.com

कोरोनाबाट आज एकै दिन पाँच जनाको मृत्यु

इन्द्रेणी संवाददाता
काठमाडौं, २६ साउन । कोरोना सङ्क्रमणबाट आज एकै दिन पाँच जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ८१५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी चार हजार पाँच सय ३४ जनाको नमुना परीक्षण गर्दा ८१५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सो अवधिमा चार सय ७६ जना सङ्क्रमित निको भएका छन् । यस्तै कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर पाँच हजार आठ सय ६९ जना पुगेको छ । कोरोनाका कारण अहिलेसम्म नेपालमा ११ हजार नौ सय ८२ जनाको मृत्यु गइसकेको छ ।