दाङ देउखुरी जिल्ला अदालतले न्यायमा सबैका समान पहुँच पु¥याउन बिभिन्न कार्यक्रम सञ्चालन गरेको छ । अदालतले दिने न्यायमा सबै नागरिकको समान पहुँच परगोस भनी आफ्ना सेवाहरु सुचना पार्टीमा समेत टाँस गरेको जनाएको छ ।
अदालतको ढोका सम्म आईपुगेपछि कोही पनि न्याय नपायर फर्कन नपरोस भनेर तथा सेवालाई प्रभाबकारी बनाउन सुचना पार्टीमा सेवाहरु टाँस गरेको जिल्ला न्यायधिस बलभद्र बास्तोलाले जानकारी दिनुभयो ।
अदालतका कामकारवाही र गुनासो सुन्न न्यायधिस भेटौ कार्यक्रम अन्तरगत प्रत्यक महीनाको अन्तीम वुधवार दिउसो एक वजेदेखी २ वजेसम्म सेवाग्राही तथा न्यायधिस विच प्रत्यक्ष छलफल कार्यक्रम, मुस्कान सहीतको सेवा, शिघ्र फैसला कार्यान्वयनको व्यवस्था, मेलमिलापमा पठाउने व्यवस्था नेपाली भाषा राम्रोसंग नवुझनेहरुका लागी दोभाषेको व्यवस्था, गुनासो तथा सुभाmव पेटीका मार्फत सेवाग्राहीको गुनासो सुन्ने लगाएतका व्यवस्था गरिएको न्यायधिस वास्तोलाले जानकारी दिनुभयो ।।