काठमाडौं, १७ साउन। पछिल्लो २४ घण्टामा नेपालमा ८१४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार पाँच हजार ४१५ जनाको एन्टिजेन र पीसीआर परीक्षण गर्दा ८१४ जनामा कोरोना पुष्टि भएको हो ।
काठमाडौं उपत्यकामा मात्रै ३१३ जना सङ्क्रमित थपिएका छन् । जसमा काठमाडौंमा २५३, ललितपुरमा ३६ र भक्तपुरमा २४ रहेका छन् । योसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार १४४ पुगेको छ । जसमा काठमाडौंमा तीन हजार १८, भक्तपुरमा ३० र ललितपुरमा ५५० जना रहेका छन् ।