विरेन्द्रनगर, १७ साउन । सुर्खेत जिल्ला सदरमुकाम वीरेन्द्रनगरमा ड्रागन फ्रुटको व्यावसायिक खेती थालिएको छ । वीरेन्द्रनगर–१२, नेवारेमा मालिका कृषि तथा ड्रागन फ्रुट फर्मले बहुगुणी फलफूलको रूपमा रहेको ड्रागन फ्रुटको व्यावसायिक खेती गरेको हो ।
दुई वर्षअघि सञ्चालनमा ल्याइएको फर्मले उत्पादन गरेको ड्रागन फ्रुट बजारमा पठाउन थालिसकेको छ । श्रीमानको मृत्यु भएपछि भने अहिले पदमाले नै फर्म चलाउँदै आएकी छन् ।