काठमाडौं, १५ साउन । राष्ट्रिय परीक्षा बोर्डले दिदै आएको एसईईको ग्रेडवृद्धि अर्थात पूरक परीक्षा भदौ ११ र १२ गते हुने भएको छ ।
यस्तै, बढीमा दुई विषयसम्म अनुपस्थित रहेका विद्यार्थी पनि ग्रेडवृद्धि परीक्षा सहभागी हुन पाउने छन् । परीक्षाफल रद्द भएका विद्यार्थी भने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन नपाइने बोर्डले जनाएको छ ।