बाँके, ११ साउन । बाँकेमा एक दाजु र भाउजूले भाइ र बुहारीको हत्या गराएका छन् । कोहलपुर नगरपालिका– १४ पार्वतीपुरका २५ वर्षीय कृष्ण गडरिया र उनकी २३ वर्षीया श्रीमती अञ्जली गडरिया मंगलबार बिहान आफ्नै घरमा मृत अवस्थामा फेला परेका थिए ।
आमाबाबुले भाइ–बुहारीलाई बढी माया गरेको र आफूहरूलाई टाढा बनाएको रिसले भारतबाट मानिस ल्याएर हत्या गर्न लगाएको अनुसन्धानबाट खुलेको छ । उनले घटनामा चारजनाको संलग्नता देखिएको छ।