डिल्ली शाही
कोहलपुर, १० साउन । बाँकेको कोहलपुर नगरपालिकामा सामुदायिक विद्यालयमा २५ जना शिक्षक अनुपस्थित र बैशाखदेखि नै हाजिरी नभएको भेटिएको छ । सोमबार नगर प्रमुख पूर्ण प्रसाद आचार्यले सामुदायिक विद्यालयमा छट्के अनुगमन गर्न जाँदा यस्तोे भेटिएको हो ।
अनुगमनमा बैशाखदेखि शिक्षकहरुको हाजिरी गरेका छैनन । २५ जना शिक्षक अनुपस्थिति थिए भने ७ वटा कक्षा कोठामा शिक्षक नै थिएन ।
‘एउटा नमूना विद्यालयमा यति धेरै कमी कमजोरी भेटियो भने अन्य विद्यालयको अवस्था कस्तो होला ?’ नगर प्रमुख आचार्यले प्रश्न गरे ? ‘आज दोस्रो दिन हो, कुन दिन कुन विद्यालयमा जाने, के गर्ने, कसरी जाने भन्ने विषयमा मलाई मात्र थाहा हुन्छ, उनले भने, ‘पहिलो चरणमा नेपाल सरकारले दिएको रकमको सहि सदुपयोग भएको छ या छैन भनेर हेर्छौ ।’ त्यसपछि कारवाहीको काम सुरु गर्ने आचार्यले बताए । अचार्यले आफु पढेको विद्यालय अहिले कोहलपुरको नमूना विद्यालय भएको छ । यो खुसीको कुरा हो, तर नमूना विद्यालयबाट अन्य विद्यालयहरुले अनुयाई हुने किसिमको वातावरण बनाउनुपर्ने बताए ।
यस्तै कक्षामा नियमति विद्यार्थी र शिक्षक उपस्थिति, शौचालय, विद्यालय क्षेत्र र कक्षा कोठामा सरसफार्ई, बत्ति पानीको व्यवस्था, शिक्षकको विदा र हाजिरी, बगैचा र खेल मैदान व्यवस्थित गर्नु पर्ने, विद्यालयले कुनै पनि निर्णय गर्दा नगर शिक्षाको नीति पालना गरेर गर्नुपर्ने र इलेक्ट्रोनिक्स हाजिरिलाई नियमित प्रयोग गर्नुपर्ने जस्ता अनुगमन पश्चात विद्यालयलाई सुझाव दिइएको छ ।
यस्तै विद्यालयका प्रधानध्यापक देवका थापाले बैशाखदेखि हाजिरी नभएको विदामा भएर होला, आज कतिपय शिक्षकहरु आएपनि हाजिरी नलगाई अध्यापन गराउन जानुभएको छ भने कति आउनुभएको छैन भनेर उत्तर दिनुभएको कोहलपुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख मिजारले बताए ।
अनुगमा जाँदा एउटा कक्षा कोठामा शिक्षकले लेखेको अंग्रेजी शब्दहरु नै गतल भेटियो । उनी एक स्थायी शिक्षक हुन् । बोर्डमा लेखेका अंग्रेजी शब्दहरु गलत थिए । गलत मैले गतल भनिन्, तर स्वम् विद्यार्थीले नै गलत भनेको मिजारले भने । तर विद्यार्थीहरुलाई सोधेपछि विद्यार्थीले भने सहि उत्तर दिए ।