इन्द्रेणी संवाददाता
आइटी शिक्षा पूरा हुनासाथ स्वदेश तथा विदेशमा काम पाइने भएकाले यसतर्फ विद्यार्थीको आकर्षण बढेको छ । नेपालमा आइटीको प्रयोग हरेक क्षेत्रमा बढ्नुका साथै जनशक्तिको माग पनि उत्तिकै भएकाले विद्यार्थीले आइटी नै अध्ययन गर्न रुचाउने इसलिङटन कलेजका आशिष सिग्देलले बताउनुभयो ।