हुम्ला, ६ साउन । हुम्लाको सर्केगाड गाउँपालिकाको रिपगाउँमा चट्याङ लागेर ठूलो सङ्ख्यामा बाख्रा मरेका छन् । चट्याङले सर्केगाडको वडा नं २ का ५० भन्दा बढी बाख्रा मरेका छन् भने एक जना घाइते भएका छन् ।
वडाध्यक्ष कार्कीका अनुसार चट्याङले घाइते भएका छक्का कार्कीको अवस्था अहिले सामान्य हुँदै गएको छ । चट्याङ लागेर घाइते हुनेबित्तिकै पिठ्युँमा बोकेर रिपस्थित मूल घरमा ल्याइएका कार्कीको अवस्था अहिले सामान्य हुँदै गएको हो । रासस