तुलसीपुर ४ असार । युवाहरुलाई स्वरोजमुखी वनाई राष्ट्रिय अर्थतन्त्रमा सुधार ल्याउन दाङमा १ करोड ४ लाख ४८ हजार रकम वितरण गरिएको छ । जिल्ला पशुसेवा कार्यालय दाङले गत आर्थिक वर्ष ०७१/०७२को उक्त अनुदान सहयोग वितरण गरेको राप्ती समाचारलाई जानकारी दिएको हो ।
व्यवसायीक पशुपालन गरेका युवाहरुलाई प्रोप्तसाहनका लागि सरकारको नीति अनुसार प्याकेजमा अनुदान सहयोग वितरण गरिएको जिल्ला पशुसेवा कार्यालय दाङका पशु चिकित्सक रमेश प्रशाद नेपालीले जानकारी दिए । पशुपालन,माछापालन,वाख्रापालन र पशुपंछी प्रवद्र्धन लगायतका शिर्षकमा कार्यालयले उक्त रकम अनुदान सहयोग उपलब्ध गराएको नेपालीले जानकारी दिए ।
जसमध्ये २ जना किसानलाई जनही २ लाखका दरले ४ लाख गोठ तथा खोर सुधार ,मासुपसल प्रवद्र्धनमा खर्च गरिएको छ । त्यस्तै डेरीको विकासमा ८ जना किसानहरुलाई १६ लाख ३५हजार वितरण गरिएको नेपालीले बताए । जिल्लाका विभिन्न सहकारीहरुलाई निक्षेपीकरण कार्यक्रम अन्र्तगत २१लाख अनुदान सहयोग उपलब्ध गराएको र अन्य सामान्य सहयोगमा पनि ३५लाख वढी रकम सहयोग उपलब्ध गराईएको पशुसेवा कार्यालय दाङको योजना शाखाले जानकारी दिएको छ ।