२८ असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्ष र डा.बाबुराम भट्टराई पक्षले आज अलग अलग बैठक बोलाएका छन् ।
उपेन्द्र यादव पक्षले केन्द्रीय कार्यकारिणी समितिको बैठक आजदेखि पर्साको वीरगञ्जस्थित पुजन होटलमा बोलाएको छ । भोलिदेखि टाउन हलमा केन्द्रीय समितिको विस्तारित बैठक बस्ने यादव पक्षले जनाएको छ ।
भट्टराई पक्षले पनि आज नै काठमाडौंको जडिबुटीस्थित एक ब्यांक्वेटमा केन्द्रीय समितिको विस्तारित बैठक बोलाएको छ । बैठक दुई दिनसम्म चल्ने छ ।
