सल्यान, २४ असार । सल्यान अस्पतालमा पहिलो पटक अक्सिजन प्लान्ट जडान गरिएको छ । दैनिक १ हजार ६ लिटर अक्सिजन उत्पादन गर्ने क्षमता भएको फिलिङ सिस्टम अक्सिजन प्लान्ट जडान गरिएको हो ।
कोरोना महामारीको समयमा चरम अभाव भएकाले त्यसलाई पूर्ति गर्न जिल्ला अस्पताल सल्यानमा अक्सिजन प्लान्ट जडान गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त व्यवस्थापक दशरथ श्रेष्ठले बताए ।