इन्द्रेणी संवाददाता
काठमाडौं, २० असार । जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा रहेका आफ्ना मन्त्रीलाई फिर्ता बोलाएको छ। जसपाले भौतिक पूर्वाधार मन्त्री रेनु यादव, वनमन्त्री रामसहाय यादव र कृषि मन्त्री महिन्द्र राय यादवलाई फिर्ता बोलाएको हो।
नयाँ मन्त्रीमा भौतिक पूर्वाधार मन्त्रीमा मोहम्मद इस्तियाक राई, वन मन्त्रीमा प्रदीप यादव र कृषि मन्त्रीमा मृगेन्द्रकुमार सिंह यादवको नाम सिफारिस गरिएको छ ।