Indrenionline.com

पाँच लाख सुपारी लिएर एक जनाको हत्या

झापा, २० । झापा अर्जुनधारा–४ स्थित जुकेखाडी–साहसी टोलभित्रको ह्युमपाइपमा केहिदिन अघि बोरामा फेला परेको शवको पहिचान खुलेको छ ।

उक्त शव भारत गुजरातका ४० वर्षीय जपडिया नरेश कुमार बाबु भाइको भएको झापा प्रहरीले जनाएको छ । प्रहरीले उनको हत्यामा संलग्न तीनजनालाई शनिबार पक्राउ गरेर सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा अर्जुनधारा–७ की ३२ वर्षीया जानुका देवी थापा, ४९ वर्षीय विजय भन्ने बृखबहादुर थापा र सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका–१० बस्ने २५ बर्षीय सुरेश परियार रहेका छन् ।

फरार रहेका एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । ५ लाखको सुपारी दिएर ती व्यक्तिको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।