Indrenionline.com

उपत्यकामा १७ जनामा हैजा देखियो

काठमाडौं, १७ असार । काठमाडौं, उपत्यकामा केही दिनदेखि हैजा फैलिदै गएको छ । उपत्यकामा आज मात्रै १७ जनामा हैजा पुष्टि भइसकेको छ । यसअघि १४ जनामा हैजा सङ्क्रमणको पुष्टि भएको थियो ।

उपत्यकाका बागबजार, डिल्लीबजार, बल्खु, कालोपुल, बोहोराटार, बूढानीलकण्ठ, घट्टेकुलो लगायत क्षेत्रमा हैजाका बिरामी भेटिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उपत्यकामा धेरै स्थानमा पिउने पानीमा हैजाको किटाणु देखिएको छ । उपत्यकाभित्र खानेपानी विवरण गर्दै आएको केयूकेएल र ट्याङ्करको पानीमा नै हैजाको जीवाणु फेला परेको छ ।

महामारीको जोखिम बढ्यो पूर्व तयारीमा जुट्न तथा स्वास्थ्यकर्मी र शय्याको व्यवस्थापन गर्न अस्पताललाई निर्देशन
त्यसैले उमालेर वा शुद्धीकरण गरेर मात्रै पानी पिउन तथा स्वस्थ खानेकुरा मात्रै खान डाक्टरको सुझाव छ । जार तथा बोतलको पानी पनि उमालेर मात्रै पिउन सुझाव दिएका छन् ।