काठमाडौं, १६ असार । केही दिनदेखि सक्रिय भएको मनसुनका कारण आज पनि देशका विभिन्न भागमा ठूलो वर्षाको सम्भावना रहेको छ ।
अहिले देशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । मनसुनी न्यून चापीय रेखा औसतभन्दा उत्तरतिर अर्थात नेपालको दक्षिणी क्षेत्र नजिक रहेकाले लगातारजसो पानी परिरहेको छ।