Indrenionline.com

नयाँ मन्त्रीहरुको शपथ आज

काठमाडौं, १३ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद हेरफेर गरेका छन् ।

देउवाले एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीको जिम्मेवारी दिएका छन् ।

नवनियुक्त मन्त्रीहरुले आज शपथसँगै पदभार ग्रहण गर्दैछन् । बिहान ११ बजे शपथ लिने कार्यक्रम तय गरिएको छ ।