Indrenionline.com

पालिका बजेट आज

दाङ, १० असार। अधिकांश पालिकाहरुले आफ्नो नीति तथा कार्यक्रम र बजेट आज सार्वजनिक गर्दैछन् ।

पालिकाहरुले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट पेश गरेर असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था अनुसार सबैजसो पालिकाले आज बजेट ल्याउन लागेका हुन् । केही पालिकाहरुले यसअघि नै सार्वजनिक गरिसकेका छन् ।

केन्द्र सरकारले जेठ १५ गते र प्रदेश सरकारले असार १ गते बजेट ल्याएका थिए । यसैको आधारमा स्थानीय तहहरुले बजेट ल्याउने गर्दछन् । अन्तरसरकारी वित्त हस्तान्तरण ऐनअनुसार स्थानीय तहले असार १० सम्म बजेट पेश गरिसक्नुपर्ने व्यवस्था छ ।