सुर्खेत, १० असार । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा बर्डफ्लू देखिएको छ । वीरेन्द्रनगर–३ का कृषक टेकराज आचार्यको फर्ममा पालिएका टर्की जातका पंक्षीमा बर्डफ्लू देखिएको हो ।
पशुपंक्षी निर्देशनालय कर्णाली प्रदेशका निमित्त प्रमुख मोहन गिरीले बाक्लो वस्ती भएकाले त्रास फैलन सक्ने भन्दै राति आठ बजेपछि मात्रै पंक्षी नष्ट गर्न टोलीलाई निर्देशन दिएका छन् ।